उत्तरद्वारा मिसाइल प्रक्षेपण

00-1-Missile

उत्तर कोरियालले कोरियाली प्रायद्वीपको पश्चिम सुमद्रीतर्फ धेरै क्रुज मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको बन्दरगाहमा अमेरिकी आणविक हतियारयुक्त पन्डुब्बी प्रहर गर्ने चेतावनी दिएलगत्तै उत्तरले पछिल्लो मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियाली सेनाले अमेरिकी सेनासँग सहयोग गर्दै उत्तरका गतिविधिमा निगरानी बढाएसँगै दुवै देशबीच तनाव उत्पन्न भएको जनाएको छ। गत बुधबार मात्र उत्तरले राजधानी प्योङयाङ नजिकैबाट छोटो दूरीका दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियासँग बढ्दो तनावको सामना गर्दै रक्षा सहयोग बढाउँदा मिसाइल प्रक्षेपण बढ्न थालेका हुन्। उत्तर कोरियाका रक्षामन्त्री कांग सुन नामले गत विहीबार मात्र अमेरिकासँगको दक्षिणको निकटता विरुद्ध जवाफ दिने चेतावनी दिएका थिए।

About Author

Advertisement