एनआरआई बैंकिङ सेवा भयो अझ उत्कृष्ट
नयाँ दिल्ली: भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा एफसीएनआर (बी) निक्षेप (जम्मा) मार्फत विदेशी मुद्राको प्रवाह बढाउन हालै चालिएका कदमहरूले, बाह्य क्षेत्रको स्थितिलाई मजबुत बनाउन र विदेशी मुद्राको तरलता (लिक्विडिटी) बढाउने दिशामा भारतको सक्रिय र दूरदर्शी दृष्टिकोणलाई रेखांकित गर्दछ। यस पहलबाट प्रवासी भारतीय (एनआरआई) हरूको सहभागितालाई बढावा मिल्ने र देशको व्यापक आर्थिक विकासका लक्ष्यहरूलाई समर्थन पुग्ने अपेक्षा गरिएको छ।
उज्जीवन स्मल फाइनान्स बैंकका रिटेल लायबिलिटिज (खुदरा उत्तरदायित्व), टीएएससी र टीपीपी प्रमुख, श्री हितेन्द्र झाले भने, “आरबीआईको यस निकै अनुकूल समयमा लिइएको निर्णयले भारतको वित्तीय प्रणालीमा भरोसा बढाउनेछ र प्रवासी भारतीयहरूका लागि देशको वृद्धिको सम्भावनामा सहभागी हुने आकर्षक माध्यम तयार गर्नेछ। यस पहलबाट बैंकिङ प्रणालीमा विदेशी मुद्रा प्रवाहमा स्थायित्व आउने अपेक्षा गरिएको छ, जसले वित्तीय स्थिरतामा मद्दत पुर्याउनेछ र भारतको बाह्य स्थितिलाई मजबुत बनाउनेछ।
उज्जीवन एसएफबी नवोन्मेषी, ग्राहक-केन्द्रित बैंकिङ समाधानहरू मार्फत आरबीआईको दृष्टिकोणलाई समर्थन गर्न प्रतिबद्ध छ, जसबाट ग्राहकहरूका लागि दीर्घकालीन स्तरमा प्रभावकारी मूल्यको निर्माण हुन्छ, साथै यसले भारतको आर्थिक प्रगतिमा सार्थक योगदान दिन्छ।”
उज्जीवन एसएफबी, मूल्य-आधारित समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धता अन्तर्गत, अहिले तीन देखि पाँच वर्षको अवधिका लागि डलरमा एफसीएनआर (बी) निक्षेपमा वार्षिक ७.१३% सम्मको ब्याज दर प्रदान गरिरहेको छ, जुन यस उद्योगमा उपलब्ध सबैभन्दा प्रतिस्पर्धी दरहरू मध्ये एक हो।
उत्कृष्ट एफसीएनआर (बी) संरचनाबाट विदेशी मुद्रा सञ्चितिमा सकारात्मक योगदान मिल्ने आशा गरिएको छ, साथै यसले ग्राहकहरूलाई सुरक्षित र लाभदायक लगानीको अवसर पनि प्रदान गर्नेछ। यस्ता पहलहरूले वैश्विक बचत र लगानीका लागि रुचाइएको गन्तव्यका रूपमा भारतको स्थितिलाई अझ मजबुत बनाउनेछ।










