उच्च माध्यमिक परीक्षामा पास गराउने माग गर्दै विद्यार्थीहरूले निकाल्यो जुलुस

HS-Students

बानरहाट: उच्च माध्यमिक परीक्षाको फल लिएर यसपटक विद्यार्थीहरूलाई अन्याय भन्दै यसको विरोधमा बुधबार बानरहाट आदर्श विद्या मन्दिर अनि बालका परिमल विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शन जुलुस निकाले| बुधबार बानरहाटका दुवै हिन्दी स्कूलका  विद्यार्थीहरूले हातमा प्लेकार्ड बोकेर ‘हामीलाई न्याय चाहियो’ भन्दै सर्व प्रथममा तरुण संघ मैदानदेखि उक्त जुलुस निकालेर बालका परिमल स्कूल हुँदै राष्ट्रिय राजमार्ग ३१सीबाट आदर्श विद्या मन्दिर स्कूलसम्म आएर टुङ्गियो| विद्यार्थीहरूको एउटै माग रहेको थियो उनीहरूले यसपटक परीक्षा राम्रोसँगले लेखे पनि भने जस्तो फल नपाएकोले शिक्षा विभागले अन्याय गरेको भनी बताए|

‘कोरोना महामारीको कारणले दुई वर्ष स्कूल बन्द थियो, जसमा केवल तीन दिन मात्र स्कूल पढ्न पायौँ| अनलाइन क्लास पनि भएन| जसोतसो आफ्नो बलबुतामा परीक्षा दिएका थियौं| अघिल्लो वर्ष परीक्षा नभइकन नै सबैलाई नै पास गरियो भने यसपटक हामीले परीक्षा दिँदा पनि किन फेल गरियो’, भ्नादी उनीहरूले शिक्षा विभागलाई प्रश्न गरे| विगतका समयहरूमा परीक्षाफल तीन महिना पश्चात आउने गर्थे पनि यसपटक महिनामै परीक्षाको फल आएको पनि उनीहरूले बताए| यसपटक पास गराउनु पर्छ भन्ने उनीहरुको माग रहेको छ|

About Author

Advertisement