दक्षिण कोरियामा आयोजित १६औं विश्व ताइक्वाण्डो प्रतियोगितामा उगेन गुरूङले हत्याए स्वर्ण पदक

IMG-20230822-WA0296.jpg

गान्तोक: १६औं विश्व ताइक्वाण्डो संस्कृति मेलामा सिक्किमका छोरा उगेन गुरुङले स्वर्ण पदक हत्याएका छन्। १७ अगस्तदेखि २२ अगस्तसम्म दक्षिण कोरियामा आयोजित ताइक्वाण्डोवन मुजु जोयल्लाबुक डु २०२३-मा उनले यो उपलब्धि हासिल गरेका हुन्। ३० वर्षमुनिका पुरुष वर्गको पहिलो सीनियर व्यक्तिगत पुम्से खेलमा उनले दक्षिण कोरियाका खेलाड़ीलाई पराजित गरी यो उपाधि हासिल गरेका हुन्। यस उपलब्धि हासिल गरेपछि ताइक्वाण्डो खेलाड़ी उगेन गुरुङले १६औं विश्व ताइक्वाण्डो संस्कृति मेला २०२३-मा राज्यसँगै देशकै प्रतिनिधित्व गरेर स्वर्ण पदक हत्याउन सफल बनेकोमा खुशी व्यक्त गर्दै यस उपलब्धिले आफूले धेरै गर्वित महसुस गरेको बताएका छन्। बाल्यकालदेखि नै मास्टर त्रिलोक सुब्बाको निगरानीमा तालिम लिने अवसर पाएको स्मरण गर्दै उनको मार्गनिर्देशनबिना यहाँसम्मको मञ्चमा पुगेर उपलब्धि हासिल गर्नु सकेको उनले विचार पोखेका छन्। उनले आफ्ना सह-प्रायोजकहरूसँगै सिक्किम अमेच्योर ताइक्वाण्डो एसोसिएशनप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement