राजगञ्ज: ई-शिक्षा कम्प्युटर सेन्टरको आज कमिश्नर गौरव शर्माले आमबारी फालाकाटा आउट पोस्टमा विधिवत् रूपमा उद्घाटन गरे। सिलगढी पुलिस कमिश्नरेटको न्यु जलपाईगढी थाना अन्तर्गत आमबारी फालाकाटा आउट पोस्टमा आजदेखि ई-शिक्षा कम्प्युटर सेन्टर शुरू गरिएको छ ।यस कम्प्युटर सेन्टरमा पहिलो चरणमा इलाकाका लगभग २४ जना विद्यार्थीहरूलाई निःशुल्क कम्प्युटर प्रशिक्षण गराइनेछ ।यस अवसरमा आज पुलिस कमिश्नर गौरव शर्माले तिनीहरूलाई किताब तथा नोटबुक प्रदान गरे। यसको साथै शिक्षक दिवसको अवसरमा उक्त इलाकाको तीनजना विद्यालयका प्रधानाध्यापकहरूलाई पनि सम्मान जनाइयो। यस सम्बन्धमा कमिश्नर गौरव शर्माले भने, आज शिक्षक दिवसको अवसरमा आमबारी इलाकामा ई-शिक्षा कम्प्युटर सेन्टरको शुरूआत गरियो। मतिगढा थाना र सिलगढी थानामा अगावै दुईवटा युनिट चलिरहेको छ। यहाँ चार सिफ्टमा २४ जना विद्यार्थीहरूलाई निःशुल्क कम्प्युटरको बेसिक प्रशिक्षण गराइनेछ।









