ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

IMG-20250628-WA0086

सोनादा: जीटीएको शिक्षा विभागले वर्तमान समयमा शिक्षक शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद प्रकट गरेका छन्। हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय सह सचिव किरण बरदेवा, हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिको सभापति ललित मुखिया, उप सभापति पेमा लामा, महासचिव राजीव त्रिखत्री, सह सचिव रिना लामा, केन्द्रीय सदस्य प्रकाश राई, चन्दन लकान्द्री, अरुण राई, क्षेत्र कार्यकारी सदस्य सदस्याहरु प्रसाद तामाङ, उषा रामुदामु, आरसीसी राई, ज्ञानेन्द्र गुरुङ आदि उपस्थित भएर शिक्षक शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा‌ जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय सह सचिव किरण बरदेवाले पेन्शन र पीएफको लागि पूर्व शिक्षक शिक्षिकाहरुले धेरै दुःख भोग्नु परिरहेको थियो। तर जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले शिक्षक शिक्षिकाहरुको‌ सुविधाको लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएको कारणले धेरै सुविधा भएको बताएका छन्। उनले ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा‌ जीटीए प्रमुख अनित थापा र डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्। उनले प्राथमिक शिक्षा विभागको बोर्ड चेयरम्यान तिलकचनन्द्र रोका, शिक्षा विभागको कार्यकारी निर्देशक, सम्पूर्ण एसआईहरु, बडाबाबु, सम्पूर्ण कर्मचारीहरु साथै हिल तराई प्राथमिक शिक्षक संगठनको सम्पूर्ण पदाधिकारीहरुप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement