ईस्टरको पूर्व सन्ध्यामा तीनधारेमा सुसमाचारीय कार्यक्रम सम्पन्न

IMG-20250419-WA0214

तीनधारे: तीनधारेस्थित चिल्ड्रेन पार्कमा ईस्टरको पूर्व सन्ध्यामा सुसमाचारीय कार्यक्रम सम्पन्न भएको छ। उक्त सुसमाचारीय कार्यक्रम इसाई कल्याण ट्रस्टको सभापति पास्टर अञ्जय तामाङ प्रार्थनाद्वारा प्रारम्भ गरियो। यसपछि पास्टर प्रेमदान लेप्चा अनि टिमले प्रशंसा आराधनाको गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा इसाई कल्याण ट्रस्टको सचिव वा संस्थापक एल्डर मसीह प्रकाश मोक्तानले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए। त्यसपछि वक्ता खरसाङ निवासी पास्टर नवीन शर्माले उपस्थित आमन्त्रित तीनधारे क्षेत्र वरिपरिका गण्यमान्य व्यक्तिहरूमाझ प्रभु यीशुले मानव उद्धारको निम्ति गर्नु भएको नरवेध यज्ञबारे सविस्तार धर्मशास्त्र बाईबल साथै हिन्दु धर्मको शास्त्रहरु वेद, पुराण एवं उपनिषद्को विभिन्न पदहरू उद्धृत गर्दै बताएका छन्। उनले प्रभु येशुले मृत्युलाई जितेर तीन दिनपछि बौरी उठेको र प्रभु येशुले दिनु भएको यो बलिदानबारे प्रष्ट रूपमा ऋकवेदमा उल्लेख रहेको कुरा बताए। उनले सबैलाई ईस्टरको बधाई टक्राए। तीनधारे इसाई कल्याण ट्रस्टको पक्षबाट कार्यक्रममा तीनधारे वरिष्ठ नागरिक कल्याण संगठन अनि म्युजिक तीनधारेलाई सम्वर्द्धना गरियो। कार्यक्रममा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईकी प्रधान भगवती प्रधान साथै तीनधारे वरिपरिका गण्यमान्य व्यक्तिहरू उपस्थित रहेका थिए। कार्यक्रममा खरसाङका गायक डोनाल्ड सादा लेप्चा, उषा महिमा खवास अनि रोहिणी निवासी सुमन लामाले गीत प्रस्तुत गरेका थिए।कायक्रमलाई पास्टर सचेन तामडले सञ्चालन गरेका थिए।
कार्यक्रममा सुमन लामाले नानीहरूलाई आफ्नो प्रस्तुतिको साथमा उज्जवल भविष्यको निम्ति राम्ररी अध्ययन गर्ने, विभिन्न प्रतियोगितात्मक परीक्षाहरु बस्ने सुझाव पनि राखे। कार्यक्रमलाई सभासद नवराज छेत्रीले पनि सम्बोधन गरेका थिए।‌यस सुसमाचारीय कार्यक्रमको अन्त्यमा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी भूतपूर्व प्रधान अध्यापिका मार्थारानी राईले धन्यवाद ज्ञापन गरिन्। कार्यक्रममा तीनधारे वरिपरि क्षेत्रका धेरै संख्यामा मानिसहरू उपस्थित रहेका थिए।

About Author

Advertisement