ईसुको वस्त्रको छेउ मात्र छुन पाएँ” नामक भजनको खरसाङमा लोकार्पण सम्पन्न

IMG-20230521-WA0235.jpg

खरसाङ: सेन्ट हेलेन्स स्कूल खरसाङको प्रेक्षागृहामा फादर अलफन्सको प्रार्थनापछि आध्यात्मिक भजन “ईसुको वस्त्रको छेउ मात्र छुन पाएँ” को विधिवत् विमोचन मुख्य अतिथि फ्रेकलिन मुखियाको करकमलबाट गरियो। सन्त पावल चर्च नारी समाज अध्यक्षा जेनिफर लेप्चाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा फ्रेकलिन मुखिया उपस्थित रहेका थिए। विशिष्ट अतिथि सिस्टर जोसफिनद्वारा द्वीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरियो। उक्त कार्यक्रममा सन्त पावल चर्च खरसाङका पल्ली पुरोहित फादर पीटर जोङ लेप्चा, फादर क्याबिन, फादर अलफन्स लेप्चा, सिस्टरहरु, भजनका छायाँकन टिम जस्टिन लेप्चा अनि एलेक्स लेप्चा, दार्जीलिङका निश्कलंक माता पल्लीका युथ डान्सरहरु साथै सेन्ट पोल चर्चका सदस्यहरू विशेष उपस्थित रहेका थिए।
उपास्ना भित्रीकोठीद्वारा स्वागत भाषण गरेको उक्त विमोचन कार्यक्रममा गायिका मेरिना लेप्चाद्वारा भजन साथै दार्जीलिङ निश्कलंक माता पल्लीका युथहरुद्वारा नृत्य प्रस्तुत पनि गरिएको थियो। कार्यक्रमलाई अझ मनोरञ्जन बनाउँदै थुप्रै साङ्गीतिक प्रस्तुतिहरु क्रुसवीर अनि चर्चका युथहरुले भाग लिएका थिए साथै भजन रेकर्डिङ्गका लागि आर्थिक सहयोग गर्नुे विशिष्ट व्यक्तिहरूलाई पाल्ली पुरोहितद्वारा खादा लगाई धन्यवाद टक्र्याएका छन्। फादर पीटर जोङ लेप्चाद्वारा यस्ता थुप्रै ईसाई भजनहरुमा आफ्नो शब्द, संगीतहरु दिई सकेका छन् भने आफ्नो सुमधुर आवाजमा पनि थुप्रै भजनहरु रेकर्ड गरी सकेका छन्। उनले यो नयाँ भजन बिमारीको चाङ्गाईको निम्ति एउटा कोसेली स्वरूप हो। फादर पिटर जोङ्ग लेप्चाको शब्द र संगीत अनि कालेबुङका गायिका मेरिना लेप्चाको स्वरमा “ईसुको वस्त्रको छेउ मात्र छुन पाएँ” नामक भजनको अडियो भिडियो युट्युबमा पनि प्रसारण गरिएको छ भनी सन्त पावल चर्च खरसाङ सदस्य सञ्जीव लामाले जानकारी दिएका छन्।

About Author

Advertisement