ईसीआईले १९ अप्रिल बिहान ७ बजेदेखि जुन १ बेलुका ६.३० बजेसम्म एक्जिट पोलमा लगायो प्रतिबन्ध

3635771-37.webp

नयाँ दिल्ली: निर्वाचन आयोगले एउटा अधिसूचना जारी गरि आगामी लोकसभा चुनाव र विधानसभा (अरुणाचल प्रदेश र सिक्किममा हुने) चुनावसँग सम्बन्धित एक्जिट पोलहरू सञ्चालन र प्रकाशित गर्न प्रतिबन्धको घोषणा गर्‍यो। निषेधाज्ञा अप्रिल १९ गते बिहान ७ बजेदेखि शुरु भएर साँझ ६ः३० बजे समाप्त हुनेछ। यो प्रतिबन्ध प्रिन्ट, इलेक्ट्रोनिक, सोशल मिडिया प्लेटफर्महरू र अन्य आम सन्देश प्रसार प्लेटफर्महरू सहित सबै प्रकारका मिडियामा लागू हुन्छ।
विधानसभा निर्वाचन तथा लोकसभा निर्वाचनको मतदान प्रक्रिया पूरा नभएसम्मको ४८ घण्टाको अवधिमा जनमत सर्वेक्षण वा अन्य सर्वेक्षणको नतिजालगायत निर्वाचनसम्बन्धी कुनै पनि सामग्री विद्युतीय सञ्चारमाध्यममा देखाउन निषेध गरिने छ।

About Author

Advertisement