ईश्वरको घर पनि रहेन सुरक्षित, फुलबारीको काली मन्दिरमा चोरी

IMG-20230719-WA0284.jpg

फुलबारी: फुलबारी महानन्दा ब्यारेज संलग्न काली मन्दिरबाट माताको सुनको गरगहना, मुकुट लगायत पुजाको समानहरू चोरी भएको छ। आज बिहान मन्दिरका पुजारी मन्दिरमा पुजा गर्न जाँदा मन्दिर भित्र समानहरू छरपस्ट रहेको साथै माताको सुनको जिब्रो, सुनको टीका, चाँदीको मुकुट लगायत पुजाको सर-समानहरू चोरी भएको थाहा पाए।

घटनाबारे न्यू जलपाईगढी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement