ईरानले अहिलेसम्म फिफा वर्ल्ड कपमा हिस्सा नलिने फसेला नगरेको एएफसी-को दावी

IMG-20260316-WA0065

नयाँ दिल्ली: ईरान फूटबल टीमको २०२६ फिफा वर्ल्ड कपमा भागीदारीलाई लिएर जारी चर्चाहरूबीच एशियन फूटबल कन्फेडरेशन (एएफसी)-ले बताएअनुसार, उनीहरूलाई अहिलेसम्म ईरानको तर्फबाच टुर्नामेण्टबाट हट्ने आधिकारिक सूचना प्राप्त भएको छैन। फिफा वर्ल्ड कपको आयोजन अमेरिका, मेक्सिको र क्यानाडामा हुनेछ। यस वर्ल्ड कपमा ४८ वटा टीमले हिस्सा लिनेछ। कुआलालम्पुरमा मीडियासँग कुराकानी गर्दै एएफसी-का महासचिव विण्डसन जनले अहिलेसम्म ईरानको फूटबल फेडरेशनले टुर्नामेण्टबाट हट्ने कुरा नगरेको बताएका छन्। उनले भने, यो धेरै भावनात्मक समय हो अनि धेरैले यसबारे अलग-अलग चर्चा गरिरहेका छन् तर अन्तिम फसेला फेडरेशनले लिनेछ। हामीलाई अहिलेसम्म त उनीहरूले हामीलाई वर्ल्ड कपमा खेल्ने नै बताएका छन्। ईरान हाम्रो सदस्य देश हो अनि हामी उनीहरूले टुर्नामेण्टमा खेलोस् भन्ने चाहन्छौं। उल्लेखनीय छ, अमेरिका र इज्रायलको हमला अनि ईरानद्वारा मिसाइल अनि ड्रोनद्वारा जवाबी हमलापछि मध्य-पूर्वमा तनाउ बढ़ेको छ। ईरानको खेल मन्त्री अहमद दोनयामालीले केही दिन अघि वर्तमान परिस्थितिहरूमा टीमको निम्ति वर्ल्ड कपमा हिस्सा लिनु मुश्किल लागिरहेको बताएका थिए।
यस मुद्दामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि टिप्पणी गरेका थिए। उनले ईरानको टीमलाई टुर्नामेण्टमा स्वागत जनाइने बताएका थिए। ट्रम्पले भनेका थिए, यो भावनात्मक समय हो तर वर्तमान परिस्थितिहरूबीच यो सुरक्षित नहुन पनि सक्छ। यसबीच ईरानको राष्ट्रिय टीमले उनीहरूलाई वर्ल्ड कपबाट कसैले बाहिर गर्न नसक्ने बताएको छ। टीमले टुर्नामेण्टको आयोजन कुनै देशको नेताले नभएर फिफाले गर्ने स्पष्ट बताएको छ। फिफा ऱ्याङकिंगमा २०औं स्थानमा रहने ईरानले लगातार चौथोपल्ट वर्ल्ड कपको निम्ति क्वालीफाई गरेको छ। ग्रुप चरणमा ईरानको पहिलो म्याच १६ जूनमा न्यूजील्याण्डविरुद्ध रहेको छ। त्यसपछि २१ जूनमा बेल्जियम र २७ जूनमा इजिप्टविरुद्ध म्याच रहेको छ।

About Author

Advertisement