मतिगढा। मतिगढा २ नम्बर ग्राम पञ्चायतको बुथ संख्या २५/२६७ मा भोट लगाउने क्रममा ईभिएम मसिन खराब भएपछि लगभग एक घण्टा मतदान बन्द गर्न पऱ्यो। टाडा टाडाबाट मतदान गर्न आएका मानिसहरूले पर्खनुबाहेक अन्य विकल्प देखिएन।मतदान गर्न आएका मतदाताहरूले बताएअनुसार बिहान लगभग ८ बजेतिर ईभिएम मसिन खराब भएको थियो। त्यसपछि मतदान बन्द गरिन परेको थियो। यसपछि चुनाव आयोगले अर्को ईभिएम मसिन ल्याएपछि मात्र पुन मतदान शुरु भयो। मतदाताहरू लगभग ढेड घण्टासम्म उभिन परेको जानकारी प्राप्त भएको छ।









