खरसाङ: ईभान फाउण्डेसनले खरसाङमा वाङगेल शेर्पाद्वारा रचित अनि निर्देशनमा बनिएको नेपाली चलचित्र विन्डो सिटको पहिलो प्रदर्शन सफलतापूर्वक सम्पन्न गरेको छ। यो चलचित्रको प्रदर्शन खरसाङको राज राजेश्वरी हलमा प्रदर्शन गरेको छ। यसको साथै एक भागको रुपमा सम्वर्द्धना कार्यक्रम पनि आयोजना गरेको थियो। यस कार्यक्रमको सञ्चालन ईभान फाउन्डेसनको अध्यक्ष प्रशान्त शर्माले गरेका थिए।

यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा खरसाङ पञ्चायत समितिका सभापति अनु छेत्री प्रधान उपस्थित थिइन्। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्ष आशा मुखिया लामा, साहित्यकार बालकृष्ण थामी, टिडी फरेस्टीका संस्थापक उत्सव प्रधान, गोर्खा जन पुस्तकालयका सचिव विनोद रसाईली, उपाध्यक्ष प्रकाश प्रधान, नारी शक्ति खरसाङकी अध्यक्षा सबिता कार्की अनि अन्यहरजबउपस्थित रहेका थिए। उक्त कार्यक्रममा ईभान फाउन्डेसन अनि विन्डो सिटको तर्फबाट अनु छेत्री, बालकृष्ण थामी र उत्सव प्रधानलाई विशेष सम्वर्द्धना जनाएका थिए। यसको साथै खरसाङका कन्टेन्ट क्रियटर जमुना शर्मा, वाङ्दी लामा अनि अन्मोल थापालाई सम्मान जनाइएको छ।

स्मरण रहोस् ईभान फाउनडेसणले ७ र ८ फरवरीमा चलचित्र विन्डो सिट’ प्रदर्शन गर्नुको मुख्य उद्देश्य खरसाङमा खुल्ला पुस्तकालय स्थापना गर्नु रहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईभाना फाउण्डेशनको अध्यक्ष प्रशान्त शर्माले सबैलाई आएर चलचित्र हेरिदिने र ईभान फाउण्डेशनद्वारा निर्माण हुन लागेको ओपेन पुस्तकालय निर्माणमा सहयोग गरिदिने निवेदन गरेका छन्।











