ईण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा बन्दना राईको पक्षमा खरसाङमा परिवर्तन रैलीको आयोजना

IMG-20260412-WA0062

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईको पक्षमा आज खरसाङमा परिवर्तन रैलीको नाममा चुनावी रैलीको आयोजना गरिएको छ। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको भातृ संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको आयोजनामा बन्दना राईको पक्षमा चुनावी रैलो आयोजना गरिएको छ। उक्त रैली खरसाङको रेलवे स्टेशन परिसरबाट शुरु भएर हिल कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गर्दै आईएनए बस टर्मिनलसम्म पुगेर चुनावी पथ सभामा परिणत भएको छ। उक्त परिवर्तन रैलीमा खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईको पक्षमा भोटको अपिल गरिएको छ। परिवर्तनको नाराको साथमा आयोजना गरिएको उक्त रैलीमा चियाबारी श्रमिकहरुको पक्षमा विभिन्न प्ला कार्डहरु बोकेर विभिन्न नाराहरुका साथमा परिवर्तनको लागि रैली आयोजना गरिएको छ। उक्त परिवर्तनको रैलीमा उम्मेद्वार बन्दना राई र ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय र महकुमा स्तरीय पदाधिकारीहरु र कार्यकर्ताहरुले विभिन्न नाराको साथमा स्थानीयहरु समक्ष बन्दना राईलाई चुनाउमा भोट दिएर जिताउने‌ आह्वान् गरेका छन्। उक्त रैली खरसाङको बस टर्मिनलमा पुगेर चुनावी पथ सभामा परिणत भएको थियो जसमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स, एनबी खवास, भरत तामाङ, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। बस टर्मिनलमा आयोजित चुनावी पथ सभालाई जतन राईले सञ्चालन गरेका थिए भने खरसाङ विधानसभा समष्टिकी उम्मेद्वार बन्दना राई, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनको केन्द्रीय अध्यक्ष डीके गुरूङ र केन्द्रीय संयोजक अजय एडवर्ड्सले सम्बोधन गरेका थिए।

उक्त चुनावी पथ सभापछि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले‌ पुन: बस टर्मिनलदेखि खरसाङको मोटर स्ट्याण्डसम्म जान प्रयास गर्दा प्रशासनिक अनुमति नभएकोले प्रशासनले रोकेका थिए। तर अजय एडवर्ड्स र बन्दना राईको नेतृत्वमा बस टर्मिनलदेखि खरसाङको टुरिस्ट लजसम्म आईपुगेको थियो भने त्यहाँ पुलिस प्रशासनले अघि जान नदिएपछि त्यही नै बंगाल सरकारले दिने भनेको ५ डेसीमल जमीनको पट्टा स्वीकार्य छैन भन्दै कागजको टुक्का जलाएर विरोध प्रदर्शन गरेका थिए।

About Author

Advertisement