ईडी विरूद्ध फेरि हाई कोर्ट पुगे अभिषेक ब्यानर्जी

कोलकाताः तृणमूल कांग्रेस सांसद अभिषेक ब्यानर्जी एकपल्ट फेरि प्रवर्तन निदेशालय (ईडी) विरूद्ध कलकत्ता हाईकोर्ट पुगेका छन्। उनले सोधे, केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले उनी विरूद्ध एउटै मामिलामा कसरी छुट्टै जाँच गर्नसक्छ ? अभिषेकका उकीलले बिहिवार न्यायमूर्ति तीर्थंकर घोषको ध्यान आकर्षित गर्दै भने, ईडीको केस खारेज गर्ने अर्जी कोर्टमा लम्बित छ। त्यस मामिलामा फसेला लम्बित छ। के त्यस अगाड़ी नोटिस पठाउन सकिन्छ ? कोर्टसित मामिलाको शीघ्र सुनवाईको अनुरोध गरिएको छ।

जस्टिस घोषले भने, अदालतले दुवै मामिलाबीच सम्बन्ध हेर्नेछ। त्यससित सन्तुष्ट भएमा मामिलाको सुनवाई गरिनेछ अन्यथा गरिनेछैन। यस मामिलाको सुनवाई शुक्रवार हुनेछ। उल्लेख्य, लीप्स एण्ड बाउन्ड्स संस्थाको तलाशी लिएपछि ईडीले धेरै दस्तावेजहरू हात पारेको छ। ईडीले उक्त दस्तावेजको आधारमा धेरै कदम उठाइरहेछ। यहाँ अभिषेकका उकीलले सोधेका छन्, एउटै केसको आधारमा नयाँ कारबाही कसरी गर्नसकिन्छ ? जब यस मामिलामा फसेला कोर्टमा लम्बित छ भने केन्द्रिय एजेन्सीले यही मामिलामा कसरी कारबाही गर्नसक्ने, उनको भनाई छ।

-हिस

About Author

Advertisement