मुम्बई: प्रवर्तन निदेशालय (ईडी)ले नार्कोटिक्स कण्ट्रोल ब्यूरो (एनसीबी)का पूर्व जोनल डायरेक्टर समीर वानखडेविरुद्ध मनी लण्ड्रिङअन्तर्गत मामिला दर्ता गरेको छ। ईडीले चॉंडै सोधपुछको निम्ति उनलाई समन जारी गर्नसक्छ। ईडीका अधिकारीअनुसार, समीर वानखेडेमाथि कार्डिलिया क्रूज मामिलामा पैसा मागेको सन्दर्भमा आज पीएमएलए अन्तर्गत मामिला दर्ता गरिएको छ। कार्डिलिया क्रूज शिप ड्रग मामिलामा अभिनेता शाहरुख खानको छोरा आर्यन खानलाई समीर वानखेडेको टीमले पक्राउ गरेको थियो। वानखडेमाथि आर्यन विरुद्ध मामिला दर्ता न गर्न पैसा माग्दा आरोप लागेको थियो। उक्त आरोपपछि एनसीबीको दिल्ली टीमले पनि मामिलाको छानबिन गऱ्यो। समीर वानखेडेलाई विभागबाट हटाइयो। सीबीआईले मामिला दर्ता गरेको थियो।– हिस








