ईंग्ल्याण्ड टेस्ट टीमको घोषणा

IMG-20240630-WA0275

लण्डन: वेष्ट इण्डिजविरुद्ध आउँदो घरेलु टेस्ट सीरीजको निम्ति ईंग्ल्याण्डद्वारा घोषित टीममा अनुभवी जनी बेयरस्टोको साथमा बेन फोक्स र ज्याक लीचले स्थान पाएनन्। सीरीजको पहिलो दुईवटा टेस्ट म्याचको निम्ति घोषित १४ सदस्यीय टीममा ईंग्ल्याण्डले तीनजना अनक्याप्ड (अहिलेसम्म अन्तर्राष्ट्रिय म्याच नखेल्ने) खेलाड़ीलाई मौका दिएको छ, जसमा विकेटकीपर ब्याटर जेमी स्मिथ, पेस बलर गस एटकिन्सन र डिलन पेनिंगटन सामेल छन्। लीचको स्थानमा युवा स्पिनर शोएब बशीरलाई टीममा सामेल गरिएको छ। अनुभवी पेस बलर जेम्स एण्डरसनलाई टीममा सामेल गरिएको छ तर यस ४१ वर्षीय खेलाड़ीले सन्न्यास लिन अघि १० जुलाईदेखि लर्ड्समा शुरु हुने पहिलो टेस्टमा मात्र हिस्सा लिनेछन्। यी दुई टीमबीच दोस्रो टेस्ट १८ जुलाईदेखि शुरु हुनेछ।
ईंग्ल्याण्डको टेस्ट टीम यसप्रकार छः बेन स्टोक्स (कप्तान), जेम्स एण्डरसन (केवल पहिलो टेस्ट), गुट एटकिन्सन, शोएब बशीर, हेरी ब्रूक, ज्याक क्राउली, बेन डकेट, डेन लरेन्स, डिलन पेनिंगटन, ओली पोप, म्याट पट्स, जो रुट, जेमी स्मिथ र क्रिस वोक्स

About Author

Advertisement