ईंग्ल्याण्डद्वारा दोस्रो टेस्टको निम्ति टीमको घोषणा

IMG-20241015-WA0052

मुल्तान: पहिलो टेस्टमा यादगार जीतले उत्साहित ईंग्ल्याण्डले पाकिस्तानविरुद्ध दोस्रो क्रिकेट टेस्ट म्याचको निम्ति टीमको घोषणा गऱ्यो। फिट घोषित गरिएका कप्तान बेन स्टोक्स र पेस बलर म्याथ्यू पट्सले मंगलवारदेखि मुल्तानमा शुरु हुने दोस्रो टेस्टको अन्तिम एकादशमा पेस बलर क्रिस वोक्स र गस एट्किन्सनको स्थान लिनेछन्। कप्तान स्टोक्स ह्यामस्ट्रिंगको चोटले गर्दा ईंग्ल्याण्डको गत ४ वटा टेस्ट म्याचमा टीमबाट बाहिर रहेका थिए। अहिले फिट घोषित गरिएपछि उनी खेल्न तयार छन्। यसरी अगस्तको अन्तमा श्रीलंकाविरुद्ध लर्ड्समा टेस्ट म्याच खेलेपछि पट्स पहिलोपल्ट टीममा फर्किएका छन्। एट्किन्सनलाई टेस्ट पदार्पणपछि पहिलोपल्ट टीमबाट विश्राम दिइएको छ। ब्रायडन कार्सेले ईंग्ल्याण्डको पेस बलिंग लाइन-अपमा सामेल हुनेछन् जबकि ज्याक लीच र शोएब बशीरको साथमा जो रुटले स्पिन आक्रमण सम्हाल्नेछन्। विकेटकीपर ब्याटर जेमी स्मिथले सातौं अनि स्टोक्सले पहिला झैँ छैटौं नम्बरमा खेल्न जारी राख्नेछन्।
दोस्रो टेस्टको निम्ति ईग्ल्याण्डको अन्तिम एकादशः
बेन स्टोक्स (कप्तान), जेमी स्मिथ (विकेटकीपर), ज्याक क्राउली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी बुक, ज्याक लीच, शोएब बशीर, ब्रायडन कार्स र म्याथ्यू पट्स

About Author

Advertisement