ईंग्लिश प्रीमियर लीगः लिभरपूल र म्यानचेष्टर सिटीको टीम विजयी

IMG-20260301-WA0081

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा म्यानचेष्टर सिटी र लिभरपूलले आ-आफ्नो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले लीड्स युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। स्टार स्ट्राईकर एर्लिंग हालाण्ड बिना यस अवे म्याचमा ओर्लिने म्यानचेष्टर सिटीलाई जीतको निम्ति निक्कै मेहनत गर्नु पऱ्यो। म्याचमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट म्याचको एकमात्र गोल एण्टोनी सेमेन्योले मध्यान्तर अघि इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गरे। यस जीतको साथ म्यानचेष्टर सिटी २८ वटा म्याचमा ५९ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी एस्टन भिल्लाले वूल्भ्सविरुद्ध ०-२-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट जोआओ गोमेस र रोड्रिगो गोमेसले गोल गरे। यस हारपछि पनि एस्टन भिल्ला ५१ पोइण्ट्सको साथ तेस्रो स्थानमा कायम रह्यो। यसरी प्रीमियर लीगको जारी सीजनमा केवल दोस्रो जीत हासिल गर्ने वूल्भ्स १३ पोइण्ट्सको साथ २०औं स्थानमा रहेको छ।
यसबीच गत सीजनको च्याम्पियन लिभरपूलले वेष्ट ह्यामविरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५० प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलले मध्यान्तर अघि नै ३-०-को बढ़त हासिल गऱ्यो। दोस्रो हाफमा वेष्ट ह्यामले प्रयास गरे पनि होम टीमलाई जीत हासिल गर्न समस्या भएन। लिभरपूलको तर्फबाट ह्यूगो एकिटिकेले पाँचौं, वर्जिन वान डिकले २४औं, एलेक्सिस म्याक एलिस्टरले ४३औं र कोडी गाक्पोले ७०औं मिनटमा गोल गरे। अन्य एउटा गोल आत्मघाती (एक्सेल डिसासी, ८२औं मिनट) रह्यो। यसरी वेष्ट ह्यामबाट टोमस सौसेकले ४९औं र वेलेण्टिन कास्टेलानोसले ७५औं मिनटमा गोल गरे। यस जीतपछि लिभरपूल ४८ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा पाँचौं स्थानमा रहन पुग्यो। प्रीमियर लीगको अन्य एउटा म्याचमा ब्रेण्टफोर्डले बर्नलीलाई ४-३-ले पराजित गऱ्यो भने बोर्नमाउथ र सण्डरल्याण्डबीचको म्याच १-१-ले ड्र रह्यो।

About Author

Advertisement