ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर सिटीले जिते पनि चेल्सीको ड्र

IMG-20260222-WA0042

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा म्यानचेष्टर सिटीले आफ्नो असाधारण फर्म जारी राख्यो। यसबीच चेल्सी चाहिँ निराशाजनक ड्र-मा रोकियो। शनिवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले न्यूक्यासलविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। म्याचमा तीनैवटा गोल मध्यान्तर अघि भयो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानेष्टर सिटीको निम्ति दुवै गोल निको ओ’रेल्लीले गरे। उनले म्याचको १४औं र २७औं मिनटमा गोल गरे। यसरी न्यूक्यासलबाट लेविस हलले २२औं मिनटमा गोल गरे। यस जीतको साथ म्यानचेष्टर सिटी २७ वटा म्याचमा ५६ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी १०औं स्थानमा रहने न्यूक्यासलसँग ३६ पोइण्ट्स रहेको छ। यसबीच चेल्सीले चाहिँ बर्नलीविरुद्ध १-१-को ड्र-मा चित्त बुझाउनु पऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीको शुरुवात असल रह्यो अनि जोआओ पेड्रोले चौथो मिनटमै टीमलाई बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। दोस्रो हाफको खेलमा चाहिँ चेल्सीलाई ठूलो झट्का लाग्यो। विपक्षी खेलाड़ीलाई घातक फाउल गर्दा चेल्सीका डिफेण्डर वेस्ली फोफानालाई ७२औं मिनटमा रेड कार्ड देखाइयो। दशजना खेलाड़ीमा सीमित भएपछि चेल्सीले अन्तिम क्षणमा गोल खायो। जियान फ्लेमिंगले इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरी बर्नलीलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि चेल्सी ४५ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहन पुग्यो। बर्नली १९ पोइण्ट्सको साथ १९औं स्थानमा रहेको छ। एस्टन भिल्ला र लीड्स युनाइटेडबीचको म्याच १-१-ले ड्र रह्यो। ब्राइटनले ब्रेण्टफोर्डलाई २-०-ले पराजित गऱ्यो। वेष्ट ह्याम र बोर्नमाउथबीच खेलिएको म्याच गोलरहित ड्र (०-०) रह्यो।

About Author

Advertisement