ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर युनाइटेडको एकतर्फी जीत

IMG-20250118-WA0121

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा लगातार खराब प्रदर्शनपछि म्यानचेष्टर युनाइटेडले जसोतसो जीतको दर्शन पायो। शुक्रवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडले साउथम्प्टनलाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफोर्डमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर युनाइटेड मध्यान्तरसम्म त पछि रहेको थियो तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै म्याच जित्न सफल भयो। म्याचमा म्यानचेष्टर युनाइटेडका मीडफिल्डर मेनुएल उगार्तेले ४३औं मिनटमा आत्मघाती गोल गर्दा साउथम्प्टनलाई बढ़त हासिल भयो। मध्यान्तरसम्म एक गोलले पछि रहे पनि दोस्रो हाफको खेलमा एमाड डिआल्लोले ह्याट्रिकको साथ होम टीमलाई जीत दिलाए। उनले म्याचको तीनैवटा गोल अन्तिम समयमा गरे। डिआल्लोले ८२औं, ९०औं र ९०+४ मिनटमा गोल गरी म्यानचेष्टर युनाइटेडलाई जीत दिलाए। यस जीतपछि म्यानचेष्टर युनाइटेड २१ वटा म्याचमा २६ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको १२औं स्थानमा रहन पुग्यो। यसरी अन्य एउटा म्याचमा ब्राइटनले इप्सविच टाउनलाई २-०-ले पराजित गऱ्यो।

About Author

Advertisement