ईंग्लिश प्रीमियर लीगः टोटनह्यामको अझ एउटा निराशाजनक हार

IMG-20250422-WA0202

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको जारी सीजनमा निराशाजनक प्रदर्शन गरिरहेको टोटनह्याम हट्स्परले अझ एउटा हारको सामना गर्नु पऱ्यो। सोमवार राति खेलिएको म्याचमा टोटनह्यामलाई नटिंघम फरेष्टले २-१-ले पपराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७० प्रतिशत पोजेशनको साथ खेले पनि टोटनह्यामले शुरुमै २ गोल खायो। नटिंघम फरेष्टबाट एलियट एण्डरसनले पाँचौं र क्रिस वूडले १६औं मिनटमा गोल गरे। मध्यान्तरसम्म २ गोलले पछि रहने टोटनह्यामले दोस्रो हाफमा १ गोल गरे पनि म्याच बचाउन सकेन। टोटनह्यामबाट रिचार्लिसनले ८७औं मिनटमा गोल गरे। यस जीतको साथ नटिंघम फरेष्ट ३३ वटा म्याचमा ६० पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको तेस्रो स्थानमा रहन पुग्यो। यसरी टीमले आउँदो सीजनको च्याम्पियन्स लीगमा हिस्सा लिने सम्भावनालाई पनि कायम राख्यो। यसबाहेक टोटनह्याम चाहिँ ३७ पोइण्ट्सको साथ झरेर १६औं स्थानमा पुगेको छ। यो टोटनह्यामको प्रीमियर लीगको जारी सीजनमा १८औं हार हो।

About Author

Advertisement