इलाममा आदिवासी सांस्कृतिक-खाना महोत्सव

IMG-20240611-WA0124.jpg

झापा: आदिवासी जनजाति समुदायको संस्कृति संरक्षण तथा प्रचार गर्नेउद्देश्यले इलाममा आदिवासी सांस्कृतिक–खाना महोत्सव चलिरहेको रहेको छ। महोत्सव जुन ९ रविबारबाट सुरु भएको हो। जिल्लाको सूर्योदय नगरपालिका ११, तीनघरेमा सुरु भएको महोत्सव जुन १० तारिख सोमबारसम्म चल्यो ।महोत्सवमा आदिवासी जनजाति समुदायका सांस्कृतिक खानाका परिकार, भेषभूषा, ऐतिहासिक वस्तुलगायतका स्टल राखिएका थिए। महोत्सव अवलोकन गर्न जिल्ला बाहिर र सीमावर्ती भारतबाट समेत पर्यटक आएको आयोजकले जनाए।सूर्योदय नगरपालिका देशकै लोपोन्मुख लाप्चा जातिको मुख्य बसोबास भएको स्थान पनि हो। यहाँ लेप्चा, राई, लिम्बू, मगर, नेवार, तामाङ, शेर्पालगायत विभिन्न जातिका मौलिक खानाका परिकारका स्टल राखिएका थिए। नेपाल आदिवासी जनजाति महासंघको सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा महोत्सव सुरु भएको हो।आयोजक महासंघ अध्यक्ष सोनाम योल्मूले आदिवासी जनजातिको कला, संस्कृति र परम्परा संरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए। ‘यो महोत्सवले परम्परा, संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेको,’ उनले भने, महोत्सव अवलोकन गर्न टाढाटाढाबाट आगन्तुकको भिड लागेको थियो। ’महोत्सव उद्घाटन सत्रमा आदिवासी जनजाति समुदायका परम्परा, संस्कार, संस्कृति झल्काउने झाँकी प्रस्तुत गरिएको थियो। जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले महोत्सव उद्घाटन गरेका थिए। महोत्सवमा लाप्चा उत्थान मञ्च, नेवाः दय दबुँ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा संघ, नेपाल शेर्पा समाज, नेपाल मगर संघ, नेपाल थामी समाज, तमु ह्युल छोंज धीं, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्मालगायतले पनि सांस्कृति प्रस्तुति राखेका थिए।

About Author

Advertisement