इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द

IMG-20240731-WA0010

झापा: इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ। खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो। यसअघि गत मई २६मा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो। मई ३०मा काठमांडूबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमांडू नै फर्केको थियो। त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए। मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ। नेपाल एयरलाइन्सले २०२२ जनबरी १५ देखि इलाम–काठमांडू उडान भर्दैआएको थियो। नेपाल एयरलाइन्सले सातामा रविबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो। नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए। सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ। मौसम खुलेपछि नियमित उडान हुने उनले बताए। हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ। हाल उनीहरू झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन्।

About Author

Advertisement