इरानी आक्रमणबाट अमेरिकालाई ठूलो क्षति, ८० करोड डलर बराबरको नोक्सानी

Image-for-Lumpy-Iran-Article-e1755740698994-1280x720

नयाँ दिल्ली: मध्यपूर्वमा इरान सँगको द्वन्द्व अमेरिका का लागि निकै महँगो सावित भइरहेको छ। नयाँ विश्लेषणअनुसार युद्धको पहिलो दुई हप्तामै अमेरिकी सैन्य अड्डाहरूमा भएका आक्रमणबाट करिब ८० करोड डलर (झण्डै ७५०० करोड रुपैयाँ) बराबरको क्षति भएको छ।
सेंटर फर स्ट्रेटेजिक एन्ड इन्टरनेशनल स्टडीज र बीबीसी को विश्लेषणले यो क्षति मुख्य रूपमा अमेरिका र इजरायल को कारबाहीपछि इरानले गरेको प्रतिआक्रमणका कारण भएको जनाएको छ।
रिपोर्टका अनुसार इरानले जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया लगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो। यी आक्रमणमा एयर डिफेन्स सिस्टम, स्याटेलाइट सञ्चार र विमानजस्ता महत्वपूर्ण सैन्य संरचनामा क्षति पुगेको छ।
सबैभन्दा ठूलो क्षति जोर्डनको एक एयरबेसमा भएको बताइएको छ, जहाँ अमेरिकाको अत्याधुनिक THAAD मिसाइल प्रतिरक्षा प्रणालीको रडारमा प्रहार गरिएको थियो। यस प्रणालीको मूल्य करिब ४८५ मिलियन डलर रहेको बताइएको छ।
यसका साथै कुवेत, कतार र साउदी अरेबियामा रहेका विभिन्न एयरबेसहरूमा बारम्बार आक्रमण हुँदा पूर्वाधारमा ठूलो क्षति पुगेको छ, जसको अनुमानित अतिरिक्त नोक्सानी करिब ३१० मिलियन डलर रहेको छ।
यसबीच डोनाल्ड ट्रम्प का लागि यो युद्ध थप चुनौतीपूर्ण बन्दै गएको छ। केही रिपोर्टहरूले रूस ले अमेरिकी सैन्य अड्डाबारे जानकारी इरानसँग साझा गरेको दाबी गरेका छन्।
लगातार बढ्दो तनावका कारण मध्यपूर्वको अवस्था अझ जटिल बन्दै गएको छ र आगामी दिनमा स्थिति अझ गम्भीर हुन सक्ने अनुमान गरिएको छ।

About Author

Advertisement