इरशालवाड़ी पैह्रो: राहत एवं बचाउको लागि केन्द्रले पठायो एनडीआरएफको टीम

00-1-Rashtriya-Samachar-12

नयाँ दिल्लीः महाराष्ट्रको रायगढ़ अधिनस्थ इरशालवाड़ी गाउँमा भारी वर्षाको कारण गएको पैह्रोमा परी चारजनाको मृत्यु सहित कैयौं घाइते अनि बेपत्ता भएको समाचार प्रकाशमा आएको छ। उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रिय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देसित वार्ता गरी घटनास्थलमा बचाउ अनि राहत कार्यको लागि राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)-का चार टीमलाई पठाइदिएका छन् जसले त्यहाँ लगातार राहत अनि बचाउ कार्य गरिरहेका छन्।

यस सम्बन्धमा केन्द्रिय गृहमन्त्री अमित शाहले बिहीवार ट्वीट गरी भने, उनले यस सम्बन्धमा मुख्यमन्त्री एकनाथ शिन्देसित बातचित गरिसकेका छन्। राहत एवं बचाउ कार्यको लागि एनडीआरएफका ०४ टीम घटनास्थलमा पुगिसकेका छन् र स्थानीय प्रशासनसित मिलेर बचाउ कार्यमा जुटिसकेका छन्। मानिसहरूलाई त्यहाँबाट निकाल्नु र घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।

-हिस

About Author

Advertisement