इपिक हिमालय रनफन आयोजित

photocollage_202265221658983.jpg

गान्तोक। विश्व पर्यावरण दिवसको अवसरमा राज्यका वन विभाग मन्त्री कर्मा लोडे भोटिया र लोकसभा सांसद इन्द्र हाङ सुब्बाले इपिक हिमालयन रनफन झण्डा हल्लाएर प्रस्थान गराए। दस किलोमिटर लामो रनफन नाम्फोङबाट शुरू भएको थियो। इपिक हिमालय र वन विभागको संयुक्त प्रयासमा आयोजना गरिएको प्रतियोगिताको थिम ग्रीन माउन्टेन एण्ड क्लिन माउण्टेन रहेको छ। यस दौड प्रतियोगितामा नेपाल, दार्जीलिङबाट पनि सहभागिता जनाएका थिए। महिलावर्गको प्रतियोगितामा अञ्जली सुब्बाले पहिलो स्थान ओगटन सफल बनेकी छन् भने फूर्वा तामाङ दोस्रो र इन्द्रकला नेम्बाङ तेस्रो स्थानमा आएकी छन्। सोही प्रकारले पुरूषवर्गको प्रतियोगितामा हेमन्त सुब्बा पहिलो बने भने सुरत राज सुब्बा दोस्रो र सोम बहादुर थामी तेस्रो बनेका छन्।

About Author

Advertisement