इन्दौरमा ईभी चार्ज गर्दा विस्फोट, आगलागीमा एउटै परिवारका ८ जनाको मृत्यु

ithara-ma-iiva-carajaga-ka-tharana-hae-bhashhanae-hathasa-na-kaii-lga-ka-jathaga-chhana-l_f782ceecd5fa4eeff3f943677345ba1c

इन्दौर: इन्दौरमा इलेक्ट्रिक सवारी (ईभी) चार्ज गर्ने क्रममा भएको विस्फोटपछि लागेको आगलागीमा एउटै परिवारका ८ जनाको ज्यान गएको छ।
बुधबार बिहान करिब ३:३० देखि ४:३० बजेको बीचमा ब्रजेश्वरी एनेक्स कॉलोनीस्थित तीनतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा दुई बालबालिका र तीन महिलासहित आठ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा तन्मय (६), राशि सेठिया (१२), सिमरन (३०), टीनू (३५), सुमन सेठिया (६०), विजय सेठिया (६५), छोटू सेठिया (२२) र मनोज (६५) रहेका छन्।
प्रहरीका अनुसार घरबाहिर राखिएको कार चार्ज गर्ने क्रममा चार्जिङ पोइन्टमा विस्फोट भएको थियो। त्यसपछि कारमा लागेको आगोले पूरै घरलाई समातेको हो।
घरका ढोकामा इलेक्ट्रोनिक ताल्चा जडान गरिएकाले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ। साथै, घरभित्र रहेका ग्यास सिलिन्डर पनि पड्किँदा आगो अझै फैलिएको थियो।
घटनामा फसेका तीन जनालाई जीवितै उद्धार गरिएको छ भने दुई घाइतेलाई प्रारम्भिक उपचारपछि अन्य अस्पताल पठाइएको छ।
घटनापछि प्रदेश सरकारले विशेषज्ञ टोली गठन गरी विस्तृत छानबिन गर्ने र ईभी चार्जिङ सम्बन्धी मापदण्ड (एसओपी) तयार पार्ने घोषणा गरेको छ।

About Author

Advertisement