नयाँ दिल्ली: विभिन्न रामायण शास्त्रहरूमा वर्णित मर्यादा पुरुषोत्तम श्रीरामको बाल्यकाल (रामलला) को चित्रण गरिएको मूर्तिको कलात्मक रचना इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रले आमन्त्रित गरेको छ। चयनित हुने दुई सर्वश्रेष्ठ रचनालाई ७५ हजार रूपियाँको पुरस्कार प्रदान गरिनेछ। प्रस्ताव प्राप्त गर्ने अन्तिम मिति ४ अक्टोबर (विजयादशमी) हो। कला केन्द्रको वेबसाइटमा जारी सूचनाअनुसार, रामललासित जुड़ेको अन्तरराष्ट्रिय डिजाइन विचार भागीदारीको उद्देश्य भगवान रामको बाल्यकालको कलात्मक चित्रणको संग्रहको निम्ति काम शुरू गर्नु हो, जसले आस्था र पूजाको भावना जगाउँदछ।
विषयको विस्तारमा बताइएको छ, कलाकारले एक अलंकृत आसनमा खड़ा वा बसेको मुद्रामा मूर्तिको डिजाइनको कल्पना गर्नसक्छन्। प्रस्तावको विवरणमा ‘वस्त्रम र आभूषण’ सहित डिजाइन उकेर्नका लागि रंग र ढुंगाको प्रकार वा अन्य कुनै सामग्रीको सुझाउ दिन सकिन्छ। डिजाइन सबमिशन ए-४ आकारको शीटको रूपमा कालो-सेतो वा रंगीन रूपमा ईमेलको साथ पीडीएफ अटेचमेन्टको माध्यमले मागिएको छ। प्रस्तावको साथ आवेदकको हस्ताक्षर, मोबाइल नम्बर, ल्याण्डलाइन नम्बर र प्रेषकको ठेगाना जानाकारीको रूपमा दिनपर्नेछ। प्रेरणाको श्रोत र प्रेषकको धेरै नै संक्षिप्त परिचय पनि आवश्यक छ।









