इन्टर स्कुल अन्डर् १५ नकआउट फुटबल टुर्नामेन्ट २०२३ फाइनल खेल समपन्न

IMG-20230817-WA0080.jpg

गोरुबथान: मिलन सेवा समाज, मालबस्ती, गोरूबथानको तत्वावधानमा समपन्न ७७ औं इन्डिपेन्डेस् डे इन्टर स्कुल अन्डर् १५ नकआउट फुटबल टुर्नामेन्ट २०२३ गत ११ अगस्ट २०२३ देखि मालबस्ती खेल मैदानमा खेलाइएको थियो।यसको फाइनल खेल १६ अगस्तको दिन समपन्न भयो।यस खेलमा भाग लिने टोलीहरुमा होली चाइल्ड स्कूल, गोरूबथान उच्चतर माध्यमिक विद्यालय, अप्पर फागु एम एस के, युद्धविर उच्चतर माध्यमिक विद्यालय, माउन्ट जायन स्कूल अनि अम्बियोक उच्चतर माध्यमिक विद्यालय थिए।
फाइनल खेलमा अप्पर फागु एम एस के बनाम युद्धविर उच्चतर माध्यमिक विद्यालय माझ समपन्न भएको थियो।
युद्धविर उच्चतर माध्यमिक विद्यालयले एम एस के अप्पर फागु विरुद्ध ३ गोल दागेर बिजयी बनेका छन्।यस खेलमा म्यान अफ दि म्याच ट्रफी युद्धविर उच्चतर माध्यमिक विद्यालयका खेलाडी विशाल तामाङलाई प्रदान गरियो।यसै गरी इमरजिङ प्लेयरको ट्रफी युद्धविर उच्चतर माध्यमिक विद्यालयका खेलाडी कृष्ण मुण्डालाई प्रदान गरियो। सर्वाधिक गोल लगाउने ट्रफी युद्धविर उच्चतर माध्यमिक विद्यालयका खेलाडी कमल राणालाई प्रदान गरियो।यस खेलको निम्ति ट्रफीहरु विभिन्न महानुभावहरुले प्रदान गरेका थिए ।दाताहरुमा क्रमैले विजेता ट्रफी, ढिपडाडा, अम्बियोक बस्ती निवासी रोमन राईले प्रदान गरेका थिए।

उप विजेता ट्रफी, मालबस्ती निवासी श्री डम्बर गुरुङले प्रदान गरेका थिए। म्यान अफ दि म्याच ट्रफी, मालबस्ती निवासी श्रीमती मेनुका राईले, इन्डिभिज्युल विनर ट्रफी, मालबस्ती निवासी श्री बसन्त गुरुङले, इन्डिभिज्युल रनर ट्रफी, मालबस्ती निवासी श्री गोकुल छेत्रीले, मायाको चिनो स्वरुप प्रदान गरिएको ट्रफी मालबस्ती निवासी श्री प्रनय गुरूङले प्रदान गरेका थिए।
आयोजकलाई सहयोग राशी ₹ १०००/- मालबस्ती निवासी श्री विनोद लामाले प्रदान गरेको जानकारी कुन्दन प्रधानले दिएका छन्। फाइनल खेलको निर्णायकहरुमा क्रमैले अशोक रोय, निरेन दर्नाल अनि राजु घिमिरे रहेका थिए।

About Author

Advertisement