इन्टर डिपार्टमेन्ट क्रिकेट प्रतियोगितामा मुख्यमन्त्री प्रेम सिंह तामाङ सहभागी

FB_IMG_1767601701937

गान्ताेक: मुख्यमन्त्री प्रेम सिंह तामाङले राङ्पोस्थित खानी मैदानमा सिक्किम क्रिकेट एसोसिएसनले आयोजना गरेको इन्टर–डिपार्टमेन्ट क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा सहभागी भएर निकै रमाइलो अनुभव गरे। मुख्यमन्त्री कार्यालयको टोलीबाट ऊर्जाशीलता, हाँसो र खेल उत्साहले भरिपूर्ण रहँदै पावर विभागविरुद्धको उद्घाटन खेल खेल्न पाउँदा साँच्चै खुसी लागेको कुरा मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत जनाए।
मुख्यमन्त्रीले सामाजिक संजाल मार्फत प्रतियोगितामा सहभागी सबै टिमहरूलाई हार्दिक शुभकामना व्यक्त गरे अनि आधिकारिक भूमिकाभन्दा बाहिर आएर अधिकारीहरूलाई आपसी सद्भाव, मित्रता र टोली भावना सँगै समय बिताएको देख्दा झनै हर्ष लागेको कुरा उल्लेख गरे।


मुख्यमन्त्रीले अन्तमा यस्ता कार्यक्रमहरूले मनलाई ताजा बनाउनुका साथै आपसी सम्बन्ध मजबुत बनाउने कुरा राखे भने उनले स्वस्थ तथा सक्रिय जीवनशैलीलाई प्रोत्साहन दिन यति सुन्दर र व्यवस्थित रूपमा प्रतियोगिता आयोजना गरेकोमा एसआईसीए लाई मनदेखि बधाई दिए साथै सबै टोलीहरूलाई सफलताको कामना व्यक्त गर्दै खेलको भावना सदैव झल्किरहोस् भने।

About Author

Advertisement