इन्टरलोक्युटर पंकजकुमार सिंहसित सांसद राजु विष्टको भेट

IMG-20260124-WA0089

इन्टरलोक्युटरको पहिलो यात्रामा जनताका चिरकालिक आकांक्षाहरूको सम्बोधन गर्ने दिशामा सबै हितधारकहरूलाई एकबद्ध हुने आह्वान् गर्दछु: सांसद राजु विष्ट

दार्जिलिङ: आज सरकार सरकारको गृह मन्त्रालयले नियुक्त गरेका इन्टरलोक्युटर पंकजकुमार सिंह दार्जीलिङ आएको बेला दार्जिलिङका सांसद राजु विष्टले भेट गरेका छन्। इन्टरलोक्युटर एवम् भारत सरकारका प्रतिनिधि दार्जिलिङ पहाड आएको बेला जनता, भारत सरकार अनि पश्चिम बङ्गाल सरकारसित सम्बन्धित महत्त्वपूर्ण त्रिपक्षीय वार्तालाई समाधानको दिशामा अग्रसर गर्नका लागि आएको र दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट सांसद राजु विष्टले उनलाई स्वागत जनाएका छन्। यस अवसरमा सांसद राजु विष्टले इन्टरलोक्युटरलाई शुभकामना व्यक्त गरेका छन्। उक्त भेटघाट विषयमा सांसद राजु विष्टले भने, ‘एक सेवानिवृत्त आईपीएस अधिकारी एवम् पूर्व उप राष्ट्रीय सुरक्षा सल्लाहकारको रूपमा वार्तालाई सहजता प्रदान गर्ने अनि जटिल मुद्दाहरूको समाधान गर्ने ठूलो अनुभव उहाँसँग छ। हाम्रो क्षेत्रमा उहाँको यो पहिलो यात्रा भएको हुँदा यसले हाम्रो क्षेत्रका जनताका चिरकालिक आकांक्षाहरूको सम्बोधन गर्ने दिशामा सबै हितधारकहरूलाई एकबद्ध हुने एउटा नौलो अवसर प्रदान गर्दछ।’
सांसद राजु विष्टले इन्टरलोक्युटरसितको भेट विषयमा भने, ‘हाम्रो भेटघाटको क्रममा मैले बाङ्ग्लादेश, नेपाल, भुटान, अनि चीनसँग एकदमै जोड़िएको हाम्रो क्षेत्रका भूराजनीतिक जटिलताहरूमाथि मैले प्रकाश पारेँ। यसले समग्र दार्जिलिङ पहाड़, तराई अनि डुवर्सलाई राष्ट्रीय सुरक्षाको दृष्टिले एकदमा महत्त्वपूर्ण क्षेत्र बनाउँदछ। मैले इन्टरलोक्युटरलाई कुनैपनि राजनीतिक पूर्वाग्रहबिना निष्पक्ष, पारदर्शी अनि समतामूलक छलफल सुनिश्चित गर्न अनुरोध गरेको छु। यसबाहेक, मैले उहाँलाई सबै हितधारकहरूको समावेशी सहभागितामाथि यथोचित जोड़ दिँदै वार्तालाई पुनर्गति प्रदान गर्नमाथि ध्यान केन्द्रित गर्ने अनुरोध पनि गरेको छु।’
उनले भने, ‘दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रबाट जनताको निर्वाचित प्रतिनिधिको रूपमा मैले यस संलग्नतालाई हाम्रो राष्ट्रको संविधानअन्तर्गत हाम्रो राज्यका लागि समाधिन खोज्ने दिशामा एक महत्त्वपूर्ण पाइलोको रूपमा हेरेको छु। म आशावादी छु कि पश्चिम बङ्गाल सरकारलगायत सबै हितधारकहरू इन्टरलोक्युटरसँग सकारात्मक ढङ्गले संलग्न हुनेछन् अनि यस प्रक्रियलाई तीव्रता दिनमा मद्दतगार हुनेछन्।’
सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, म एकचोटि फेरि प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहलाई हाम्रो क्षेत्रसँग सम्बन्धित सबै मुद्दाहरूको समाधानप्रति उहाँहरूको दृढ़ समर्थन र वचनबद्धताका लागि धन्यवाद ज्ञापन गर्दछु।’

About Author

Advertisement