झापा: सुनसरी जिल्लाको इनरुवा नगरक्षेत्रमा रहेका सरकारी सामुदायिक तथा निजी विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न माग राख्दै इनरुवाको मुख्य बजारमा एक हप्ते धर्ना कार्यक्रम सुरु भएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्थामा सुधारका लागि ३९ बुदाँका माग राख्दै नेतृत्व गरिरहेका दिलिपचन्द साहुसहितका नागरिक अगुवाहरुले मई १४ बाट इनरुवा नगरक्षेत्रमा रहेका शैक्षिक संस्था सुधारका लागि सभासहितको धर्ना कार्यक्रम सुरु गरेका हुन। धर्ना कार्यक्रममा बसेका अगुवाहरुले कानुनी रुपमा नेपाल सरकारले शिक्षाक्षेत्रको सवै अधिकार स्थानीय तहको सरकार नगरपालिकालाई दिएकाले इनरुवाका शैक्षिक संस्थाका बिषयमा देखिएका सवै समस्याहरुको सामाधानको उपायसहित ३९ बुँदे मागपत्र नगरपालिकालाई बुझाउँदा कुनै सुनवाई नगर्नुका साथै चासो नदिएकाले धर्ना बस्नु परेको बताउँछन। धर्ना कार्यक्रममा सहभागी भएका अगुवाहरुले इनरुवा नगरपालिका नगरकार्यपालिकाको कार्यालयसहित मेयर केदार भण्डारीलाई विगत एक वर्ष अगाडिदेखि पटक–पटक शैक्षिक सुधारका माग राख्दै ज्ञापनपत्र, मागपत्र र ध्यानकषर्णणपत्र बुझाउदै आएका थिए। शैक्षिक सुधारका लागि नेतृत्व गरिरहेका दिलिपचन्द साहुले इनरुवाका सामुदायिक विद्यालयमा गरिब विपन्न दलितलगायतका सर्वसाधरणका छोराछोरी अध्ययन गरिरहेकाले उनीहरु गुणस्तरीय शिक्षा आर्जन गर्नबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्न शैक्षिक सुधारका विभिन्न मागहरु राखेर धर्ना कार्यक्रम सुरु गरिएको बताए। अगुवा दिललिपचन्दले भने, ‘सामुदायिक विद्यालयमा राम्रोसँग पठनपाठन नहुँदा दिनप्रतिदिन विद्यार्थीको संख्या घट्दै गइरहेको स्थितिमा विद्यालयमा विद्यार्थी आउने र टिकाउने वातावरण बनाउँन स्थानीय सरकार र विद्यालय व्यवस्थापनसँगै विद्यालय प्रशासनलाई जिम्मेवार जवाफदेही बनाउन बाध्य भएर धर्नामा बस्ने अवश्था आएको हो। ’नगरपालिकाका मेयरसहित जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रलाई वेवास्ता गरेका कारण इनरुवाका अभिभावकहरुले चर्को शूल्क बुझाएर निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य भएको अवस्थाको अन्त्य गर्न धर्नासहितका कार्यक्रम जारी राख्ने उनले बताए। इनरुवामा सामुदायिक सँगसँगै उच्च शिक्षा आर्जन गर्ने शैक्षिक संस्था र निजी क्षेत्रका विद्यालयमा समेत गुणस्तरीय शिक्षा नहुँदा इनरुवाका विद्यार्थीहरु जिल्लाका अन्य स्थानका विद्यार्थीहरु भन्दा शैक्षिक ज्ञानमा निकै कमजोर रहेकाले यस्तो अवस्थाको अन्त्य गर्न सवै सरोकारवालाहरुको ध्यानकर्षण गराउँन बजारक्षेत्रमा एकहप्ते धर्ना कार्यक्रम राखिएको साहुले बताए ।निःशुल्क र गुणस्तरीय शिक्षा आर्जन गर्न पाउने हरेका बालबालिकाहरुको अधिकारका बिषयमा सरोकारवालाहरुले गम्भिरतापुर्वक ध्यान नदिदाँ इनरुवामा बालबालिकाहरु शिक्षा जस्तो संवेदनशिल बिषयमा अन्य स्थानका विद्यार्थीसँग प्रतिष्पर्धा गर्न नसक्ने अवश्था रहेको उनले बताए ।साहुले भने, ‘विद्यालयमा भौतिक पुर्वाधारको अवश्था शिक्षामैत्री नहुँनुका साथै शिक्षकहरुले जागिर खानका लागि मात्रै विद्यालयमा आउने विद्यार्थीहरुको पढाईमा ध्यान नदिने, विद्यालय व्यवस्थापन समिति विद्यालयको अवस्था सुधारमा गम्भिर नहुँने अवस्थाले इनरुवाको शैक्षिक अवस्था नाजुक रहेको छ। ’इनरुवा बजारको मुख्यचोकमा एकहप्ते धर्ना कार्यक्रम आयोजना गरेका अगुवाहरुले अभिभावकसहित सरोकारवालाहरुले ऐक्यवद्धता जनाउँदै शैक्षिक मागहरुमा समर्थन जनाउन थालेका छन। धर्नामा मुख्य मागका रुपमा इनरुवा स्थित भगवती माविमा +२ मा विज्ञान, कानुन र कृषि संकाएको पठनपाठन सुरु गर्नुपर्ने, इनरुवामा प्राविधिक धारको शिक्षा पठनपाठन सुरु गर्नुपर्ने, सुनसरी बहुमुखी क्याम्पस आवतजावत गर्ने सडक बाटोको अवरोध हटाएर सहज रुपमा आवतजावत गर्ने वातावरण बनाउनुपर्ने, सुनसरीक्याम्पसमा कलेज बस उपलब्ध गराउनुपर्ने, विद्यालयहरूमा खाजा लगायत विभिन्न शीर्षकहरूमा भइरहेको भ्रष्टाचारको छानबिन गरी दोषीहरूलाई कारबाही गर्नुपर्ने, शिक्षकहरूलाई आन्तरिक सरुवा गर्नुपर्ने बिषयलाई अगाडी सारिएको छ।










