इनरुवामा डाक्टरलाई कुटपिट

IMG-20241019-WA0219

सुनसरी (इनरुवा) :इनरुवा नगरपालिका वडा नम्बर १ स्थित जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट ३२ वर्षिय डा. सन्तोष राईलाई इनरूवा नगरपालिकाका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापाकाे निर्देशनमा उनका भाईसमेत रहेका नेपाली काग्रेस इनरूवा नगर कार्यसमितिका सचिव ३४ वर्षिय खेमराज थापाले कुटपिट गरेका छन्। अस्पतालमा थापा दाजुभाइले आमालाई उपचारका लागि लगेका थिए। उनीहरूका आमालाई दुई दिनदेखि भर्ना गरिएको र अस्पतालले किडनीकाे रिपोर्ट गलत दिएको भन्दै आक्राेसित भएर आक्रमण गरेको प्रत्यक्षदर्शीले वताए। अस्पताल स्रोतका अनुसार अस्पतालकै एक चिकित्सक र विकास समितिका पदाधिकारीकाे याेजनामा कुटपिट गरिएको हाे। हाल उक्त घटना मिलाउन जिल्ला प्रहरी कार्यालय सुनसरीमा वार्ता भईरहेकाे छ। प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले छानबिन भईरहेकाे जानकारी दिए। थप केही इनरुवाका केही नेता घटना मिलाउन लागिपरेकाे बताईन्छ।

About Author

Advertisement