इदाशिशा नोंगरांग मेघालयकी प्रथम महिला डीजीपी 

663f7a813457a-first-woman-police-chief-of-meghalaya-110240191-16x9.jpeg

शिलङ: वरिष्ठ आईपीएस अधिकारी इदाशिशा नोंगरांगलाई मेघालयकी प्रथम महिला डीजीपी नियुक्त गरिएको छ। नोंगरांगले एलआर बिश्नोईको स्थान लिनेछन्। बिश्नोई १९ मईमा सेवानिवृत्त बन्नेछन्।

मुख्यमन्त्री कोनराड सांगमाको अध्यक्षतामा मेघालय सुरक्षा आयोगले यूपीएससीद्वारा अनुमोदित तीन अधिकारी मध्ये नोंगरांगलाई चयन गरेको हो। यूपीएससीद्वारा अनुशंसित अन्य दुई अधिकारीहरूमा आरपी मीना र दीपक कुमार थिए।

नयॉं डीजीपीको रूपमा नियुक्त आईपीएस इदाशिशा नोंगरांगलाई मेघालयका मुख्यमन्त्रीले बधाई दिएका छन्। मुख्यमन्त्रीले भने, बाधाहरू पार गर्दै र इतिहास रच्दै उनी यो पद सम्हाल्ने हाम्रो राज्यको पहिलो आदिवासी महिला डीजीपी बनेकी छन्। यो हामी सबैको निम्ति गर्वको क्षण हो।

About Author

Advertisement