इण्डियन वेल्स टेनिस च्याम्पियनशीपमा यानिक सिनर र आर्यना सबालेंका विजेता

photocollage_2026316155351631

इण्डियन वेल्स: इटलीका यानिक सिनरले केलिफोर्निया भएको इण्डियन वेल्स टेनिस टुर्नामेण्टको फाइनलमा दानिल मेदवेदेवलाई ७-६ (६), ७-६ (४)-ले पराजित गरी पुरुष एकलको खिताब जिते। दोस्रो सेटको टाईब्रेकरमा ४-०-ले पछाड़िएपछि सिनरले लगातार ७ पोइण्ट्स जितेर असाधारण पुनरागमन गरे अनि एउटा पनि सेट नगुमाइ टुर्नामेण्टको खिताब जिते। विश्वको दोस्रो नम्बरका खेलाड़ी सिनरको गत १० वटा म्याचमा मेदवेदेविरुद्ध यो नवौं जीत हो। यसअघि मेदवेदेवले सेमिफाइनलमा शीर्ष वरीयता प्राप्त कार्लोस अल्काराजलाई पराजित गरेका थिए। फाइनल जितेपछि सिनरले इटलीका युवा रेसर किमि एण्टोनेलीलाई बधाई दिए, जसले त्यही दिन चाइनीज ग्रां.प्री.-को खिताब जिते। सिनरले यसलाई इटलीको निम्ति खास दिन बताए। सिनरले भने, म फर्मूला वन् रेसको ठूलो प्रशंसक हूँ अनि कुनै युवा इटालियनलाई देशको नाम उज्जवल गरेको देख्दा गर्व लाग्छ।
यसरी महिला एकलमा विश्वकी नम्बर एक खेलाड़ी आर्यना सबालेंकाले कजाखस्तानकी एलेना रायबाकिनालाई ३-६, ६-३, ७-६ (६)-ले पराजित गरी खिताब जितिन्। म्याच चरम रोमाञ्चक रह्यो अनि निर्णायक सेटको फसेला टाईब्रेकरद्वारा भयो। गर्मीको मौसममा खेलिएको म्याचमा सबालेंकाले तेस्रो सेटमा ५-४-को स्कोरमा म्याच जित्ने मौका गुमाइन् तर टाईब्रेकरमा उनले असाधारण पुनरागमन गर्दै ब्याकह्याण्ड विनरको साथ म्याच जितिन्। म्याचपछि सबालेंकाले उनको लक्ष्य पूरा म्याचमा मानसिक रूपले मजबूत रहेको थियो भनी बताइन्। उनले भनिन्, परिस्थिति जस्तै भए पनि म आफ्नो शारीरिक भाषा सकारात्मक राख्न चाहन्थे। यसबाहेक दबाउको समयमा मैले संयमको साथ खेले अनि यस जीतले म धेरै खुशी छु। उल्लेखनीय छ, सबालेंकाले हालै ब्राजीलियन उद्योगपति जर्जियस फ्रेंगुलिससँग मंगनी गरेका थिए। सबालेंका र रायबाकिनाबीच यो १६औं म्याच थियो, जसमा च्याम्पियन खेलाड़ीले ९ वटा म्याच जितेकी छन्। यसअघि रायबाकिनाले २०२५-को डब्ल्यूटीए फाइनल्स र यस साल अष्ट्रेलियन ओपनको फाइनलमा सबालेंकालाई पराजित गरेकी थिइन्। खिताब जितेपछि सबालेंकासँग खुशीयाली मनाउने अधिक समय छैन। उनले त्यही राति मियामी ओपनको निम्ति प्रस्थान गरिन्, जहाँ उनी गत विजेता हुन्। सबालेंंकाले ठट्टा गर्दै भनिन्, अब फ्लाइटमै १-२ ड्रिंकको साथ खुशीयाली मनाउनेछु कारण मियामीमा खिताब बचाउन मैले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्नेछ।

About Author

Advertisement