३ अगस्तः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टमा बुधवार क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी सेभेन ए साइड टुर्नामेण्टमा आज एमईएस एयर फोर्स बाघोराले खरसाङ नगरपालिकालाई ५-३-ले पराजित गऱ्यो। म्याचमा मध्यान्तरसम्म ३ गोलले पछि रहे पनि दोस्रो हाफमा ५ गोलको साथ एयर फोर्सको टीमले म्याच जित्यो। विजेता टीमबाट प्रवेश गुरुङले २ गोल गरे। टुर्नामेण्टको फाइनल ८ अगस्तमा हुनेछ। आजको म्याचमा मुख्य रेफरी राजु छेत्री थिए भने एसिस्टेण्ट रेफरीको भूमिकामा अरविन्द छेत्री र अभिषेक ठटाल थिए। यसरी नै सुरेन राई फोर्थ अफिसियल थिए।










