इण्टर अफिस महकुमा स्तरीय फूटबलः सदर अस्पताल र ब्लक कार्यालय विजयी

३० जुलाईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टको पहिलो दिन शनिवार दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा शुरु यस सेभेन ए साइड टुर्नामेण्टको पहिलो म्याचमा खरसाङ सदर अस्पतालले विद्युत विभागलाई ४-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा खरसाङ ब्लक कार्यालयले पशुपालन विभागलाई ९-०-ले पराजित गऱ्यो। टुर्नामेण्टको फाइनल ८ अगस्तमा हुनेछ। आजका म्याचहरूमा रेफरीको भूमिका अरविन्द छेत्री रहेका थिए। यसरी नै सहायक रेफरीको भूमिकामा भानु पी राई र बिरेन राई थिए। नवराज थापा फोर्थ अफिसियल रहेका थिए।

About Author

Advertisement