इण्टरनेशनल क्रिकेटबाट चाँड़ै सन्न्यास लिने एलिसा हीलीको घोषणा

IMG-20260113-WA0079

सिडनी: अष्ट्रेलिया महिला क्रिकेट टीमकी कप्तान एलिसा हीलीले मार्चमा भारतविरुद्ध घरेलु सीरीजपछि इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेकी छन्। हीलीलाई महिला क्रिकेट इतिहासको सर्वश्रेष्ठ खेलाड़ीहरूमा एक मानिन्छ। ३५ वर्षीय हीलीले २०१०-मा पदार्पण गरेकी थिइन्। त्यसपछि अहिलेसम्म उनले लगभग १५ सालको करियरमा ३ वटा प्रारूपहरू मिलाेर ७००० भन्दा अधिक ररन बनाएकी छन् अनि विकेटको पछि २७५ भन्दा अधिक शिकार गरेकी छन्। मेग लेनिंगले सन्न्यास लिएपछि २०२३-को अन्तमा हीलीले अष्ट्रेलियाई टीमको कप्तानी सम्हालेकी थिइन्। हीलीले भनिन्, मिश्रित भावनाहरूको साथ म भारतविरुद्ध आउँदो सीरीज मेरो निम्ति अष्ट्रेलियाको निम्ति अन्तिम हुने घोषणा गरिरहेकी छु। मभित्र प्रतिस्पर्धा गर्ने क्षमता हराएर गएको होइन तर मलाई खेलबाट बिदा लिने यही सही समय रहेको लाग्यो। यसको साथमा उनले टी२० वर्ल्ड कप २०२६-मा उनी नखेल्ने अनि यसैकारण भारतविरुद्ध टी२० सीरीजमा पनि हिस्सा नलिने स्पष्ट गरिन्। उनी घरेलु मैदानमा भारतविरुद्ध वनडे र टेस्ट प्रारूपमा कप्तानी गर्दै करियर समाप्त गर्नलाई उत्साहित छिन्। भारत र अष्ट्रेलियाबीच ३ वटा म्याचको टी२० सीरीज १५-देखि २१ फरवरीसम्म खेलिनेछ। त्यसपछि यी दुई टीमबीच २४ फरवरीदेखि ३ वटा वनडे म्याचको सीरीज खेलिनेछ। भारत र अष्ट्रेलियाबीच एकमात्र टेस्ट म्याच ६-९ मार्चसम्म पर्थमा खेलिनेछ। हीली अष्ट्रेलिया पुरुष क्रिकेट टीमका दिग्गज पेस बलर मिचेल स्टार्ककी पत्नी हुन्। हीलीले खेलाड़ीको रूपमा मात्र नभएर कमेण्टेटरको रूपमा पनि ख्याति अर्जन गरेकी छन्।

About Author

Advertisement