इटहरीका सडकमा खाडल परेपछि सडकमै रोपियो धान

IMG-20240630-WA0097

झापा: सुनसरीको इटहरीमा सडकमै धान रोपिएको छ। इटहरी ४ स्थित रेडक्रस चौक नजिकै सडकमा पानी जमेर ठूलो खाडल बनेपछि स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका हुन् ।बाक्लो संख्यामा भेला भएका स्थानीयले सम्बन्धित निकायमा सडक बनाइदिन पटकपटक आग्रह गरेपनि बेवास्ता गरेकाले सडकमै धान रोप्न बाध्य भएको स्थानीयबासीको भनाइ छ। यो इटहरीको जुटविकास हुँदै तालतलैया जाने बाटो हो।

About Author

Advertisement