इञ्जेक्शनदेखि लिएर कप्तानीको विवादसम्मः चेतन शर्माको खुलासाले भारतीय क्रिकेटमा खलबली

IMG-20230215-WA0001.jpg

१४ फरवरीः भारतीय क्रिकेट टीमका चीफ सेलेक्टर चेतन शर्माले भारतीय क्रिकेट टीमका खेलाड़ीहरूले आफूलाई फिट साबित गर्न इञ्जेक्शन लिनेदेखि लिएर विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या र सौरभ गांगुलीलाई लिएर एकाधिक खुलासा गरेका छन्। यो खुलासा त्यस समय भएको छ जब देशको राजधानी दिल्लीमा भारतीय टीमले १७ फरवरीदेखि अष्ट्रेलिया विरुद्ध बोर्डर-गावस्कर टेस्ट सीरीजको दोस्रो टेस्ट म्याचमा हिस्सा लिनेछ अनि त्यही समय रहल दुईवटा टेस्ट म्याचको निम्ति टीमको चयन पनि हुनेछ। जी मीडिया-को स्टिंग अपरेशनमा चेतन शर्माले भारतीय क्रिकेटरहरूले फिट रहनको निम्ति इञ्जेक्शन लिने अनि कुन इञ्जेक्शन डोपिंगमा पक्रा पर्दैन भन्ने खेलाड़ीहरूलाई थाहा भएको बताएका छन्। उनले यसको साथमा भारतीय क्रिकेट कण्ट्रोल बोर्डले विराट कोहली र रोहित शर्मालाई टीमबाट बाहिर गर्नको निम्ति आरामको बहाना बनाएको पनि दावी गरेका छन्।
खेलाड़ीहरूले लिने पेन किलर अनि इञ्जेक्शनबारे चेतनले भनेका छन्, हैन, म इञ्जेक्शनबारे कुरा गरिरहेको छु। पेन किलर भए त्यो डोपिंगमा पक्रा गर्छ। एण्टी डोपिंगमा कुन इञ्जेक्शन आउँछ भन्ने भारतीय खेलाड़ीहरूलाई थाहा छ। जसप्रीत बुमराहको फिटनेसबारे उनले भने, बुमराह त निहुरिन पनि असमर्थ थिए कारण उनलाई गम्भीर चोट लागेको थियो। यसबाहेक एक-दुईजना खेलाड़ीले निजी रूपमा इञ्जेक्शन लिन्छन्। उनीहरू लुकेर इञ्जेक्शन लगाएर आफूलाई खेल्नको निम्ति फिट बताउँछन्।
विराट कोहली र रोहित शर्माबीच सम्बन्धबारे चेतनले भने, यी दुईबीच कुनै लड़ाइँ छैन तर अहंकार छ। यी दुई फिल्म स्टार झैं हुन्। अमिताभ बच्चन र धर्मेन्द्र जस्तो। बीसीसीआईका पूर्व अध्यक्ष सौरभ गांगुलीको कोहलीसँग सम्बन्धबारे पनि उनले खुलासा गरेका छन्। चेतनले भने, गांगुलीले रोहितको पक्ष लिएनन् तर उनी कोहलीलाई पनि मन पराउँदैनन् थिए। यसबाहेक गांगुलीले कोहलीलाई कप्तानीबाट हटाएका थिएनन्। कप्तानी छोड़्ने फसेला कोहलीको आफ्नो थियो। चेतनले यसको साथमा भने, मैले टीममा सूर्यकुमार यादव, ईशान किशन, दीपक हुड्डा, शुभमन गिल र अन्य १५-२० जना खेलाड़ीलाई ल्याएँ। यसरी नै टी२०आई प्रारूपमा हार्दिक पाण्ड्याले लामो समयसम्म कप्तानी गर्न सक्छन्। रोहित शर्माको टी२०आई करियर लगभग समाप्त भइसकेको छ।

About Author

Advertisement