इजरायली राजनीति: नया सरकार गठन नभएसम्म इरानमाथि आक्रमण नगर्न आइजेनकोटको चेतावनी

IMG_91ce3382-f8a8-4e4a-8e7a-d1aec26807ff

​तेल अवीव: इजरायलमा नयाँ सरकार गठनको प्रक्रिया जारी रहँदा राजनीतिक सरगर्मी चरममा पुगेको छ। ‘यशार’ पार्टीका नेता तथा सांसद गदी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पत्र लेख्दै नयाँ सरकार गठन नभएसम्म इरानमाथि कुनै पनि सैन्य कारबाही अगाडि नबढाउन चेतावनी दिएका छन्। उनले राष्ट्रिय सुरक्षा र संवेदनशील मामिलामा संयमता अपनाउन जोड दिएका छन्।
​इजरायली मिडियाका अनुसार नेतान्याहू र इजरायल डिफेन्स फोर्स (आईडीएफ) का चिफ अफ स्टाफबीच इरानमाथिको सम्भावित कारबाहीलाई लिएर गहिरो मतभेद रहेको छ। नेतान्याहू आक्रमणको पक्षमा देखिए पनि आईडीएफ चिफले भने नयाँ संसद् (नेसेट) ले शपथ नलिएसम्म यस्तो कदम नचाल्न आग्रह गरेका छन्। गत अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाएपछि वर्तमानमा नेतान्याहू कार्यवाहक प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। राष्ट्रपति इसाक हर्जोगले विपक्षी नेता आइजेनकोटलाई सरकार गठनका लागि ३० दिनको समय दिएका छन् भने नेतान्याहूको गठबन्धनसँग ५३ सिट रहेको छ।

About Author

Advertisement