नयाँ दिल्ली: लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायलसँग अमेरिकाको मध्यस्थतामा भएको सम्झौताको मस्यौदा (फ्रेमवर्क) लाई पूर्ण रूपमा खारेज गरिदिएको छ। हिजबुल्लाहका महासचिव शेख नईम कासिमले उक्त सम्झौतालाई ‘अपमानजनक, शर्मनाक र देशको सार्वभौमिकता आत्मसमर्पण गर्ने खेल’ भन्दै कडा आलोचना गरेका छन्।
एक भिडियो सन्देश जारी गर्दै महासचिव कासिमले लेबनानको राष्ट्रिय हित र सार्वभौमिकता विपरीतका सर्तहरू आफूहरूलाई कदापि मान्य नहुने प्रष्ट पारेका छन्। उनले इजरायली आक्रमणविरुद्ध हिजबुल्लाहको ‘प्रतिरोध आन्दोलन’ (रेजिस्टेन्स) निरन्तर जारी रहने दृढता समेत व्यक्त गरे। अमेरिका र इजरायलले युद्धविरामका नाममा लेबनानमाथि आफ्ना सर्तहरू लाद्न खोजेको हिजबुल्लाहको आरोप छ।











