आशा कर्मीहरूद्वारा विविध मागलाई लिएर आन्दोलन शुरू

IMG-20230411-WA0193.jpg

सिलगढी: विविध मागलाई लिएर आशा कर्मीहरूद्वारा फेरि आन्दोलन शुरू गरेको छ। आशा कर्मीहरूले आज सिलगढीको हासमीचोक एउटा प्रतिवाद सभाको आयोजना गरे। यसपछि तिनीहरूले नगर स्वास्थ्य अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए। संगठनका सदस्यहरूले बताएअनुसार लामो समयदेखि मानिसहरूको सेवा गरिरहे तापनि अन्य स्वास्थ्य कर्मीहरूले पाएको सबै सुविधाहरू आफूहरूले पाएका छैनौं। यी अस्थायी महिला स्वास्थ्य कर्मीहरू आज पनि स्वास्थ्य कर्मीको मान्यताबाट वञ्चित छन्। यसैले गर्दा तिनीहरूले आज बकाया राशि, न्यूनतम २१ हजार रुपियाँ वेतन दिनुपर्ने, सप्ताहिक तथा मातृत्व छुट्टी लगायत अन्य विविध मागलाई लिएर आन्दोलन गरेको हो। संगठनका राज्य कमिटी सदस्य रूना चक्रवर्तीले भनिन्, आशा कर्मीहरूले विविध मागलाई लिएर धेरै दिन अघिदेखि लडाइँ गरिरहेको छ। आफूहरूको मागप्रति सरकारले सहानुभूति नदेखाएको खण्डमा आगामी दिनमा काम बन्द गर्ने तिनीहरूले चेताउनी दिएका छन्।

About Author

Advertisement