आशारिका फाउण्डेशनको आयोजनामा विशाल स्वास्थ्य शिविर सम्पन्न

IMG-20250629-WA0091

सोनादा: आशारिका फाउण्डेशनको आयोजनामा विशाल स्वास्थ्य शिविर सम्पन्न भएको छ। दार्जीलिङस्थित निर्मला शिशु भवन (मिशनेरिज अफ च्यारिटी)- मा आशारिका फाउण्डेशनको आयोजनामा, लायन्स क्लब अफ दार्जीलिङ र क्लिनिक अन व्हील्स, दार्जीलिङ नर्थ पोइन्ट स्कूल एलुम्नाइको सहकार्यमा एक विशाल स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा डा. सुभाष मोक्तान, डा. आकांक्षा पेरिवाल, डा. दिनेश मण्डल तथा विभिन्न दक्ष प्राविधिकहरूको सक्रिय मार्गदर्शनमा बालबालिका, वृद्ध-वृद्धा तथा संस्थामा रहेका अन्य सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण पनि गरिएको थियो। कार्यक्रमको उद्देश्य समाजका विभिन्न वर्गमा स्वास्थ्य सेवा पुर्‍याउनु रहेको आशारिका फाउण्डेशनका सदस्य रूपेश क्षेत्रीले बताएका छन्। संस्थाका प्रतिनिधिहरूले सम्पूर्ण चिकित्सकहरू, प्राविधिक टोली तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

About Author

Advertisement