आशाता कट्टेललाई चार्टर्ड एकाउन्टेन्ट कोर्स गर्न मुख्यमन्त्रीले सहयोग गरे

n6508187011738866912216a95d2e4b68a9bcd357fccf847197710ec9df7e1d912cb14e78b20bb1363cdad5

गान्तोक: आज रिनाक निर्वाचन क्षेत्रको बुदाङ वार्ड निवासी ठाकुरनाथ कट्टेलकी छोरी आशाता कट्टेलसॅंग मिन्तोकगाङस्थित सरकारी आवासमा भेट गरे।उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजको एउटा पोस्टमा दिएका छन्।मुख्यमन्त्रीले कुराकानीको क्रममा शिक्षालाई अगाडि बढाउने आशाताको समर्पण र जोशबाट गहिरो प्रभावित बनेको बताएका छन्। उनले आशातालाई पुणे, महाराष्ट्रको एसपीसी गुरुकुलमा चार्टर्ड एकाउन्टेन्ट कोर्स गर्न सहयोग गरेको जानकारी गराएका छन्। मुख्यमन्त्रीले उनको शैक्षिक यात्रामा शुभकामना व्यक्त गर्दै भने, ‘मलाई विश्वास छ कि उनको कडा परिश्रम र दृढ संकल्पले उनलाई सफलतामा पुर्‍याउनेछ।’

About Author

Advertisement