कोचबिहार: असम-बंगाल सीमानाबाट असममा आलु तस्करी भइरहेको छ समाचार छ। समाचारअनुसार बक्सिरहाटको असम गेटमा आलुका केही रेल रोकिए पनि गएराति संकोस नदी किनारका विभिन्न ठाउँबाट रातको अँध्यारोमा तुफानगञ्ज ब्लक २ को फोलिमारी ग्राम पञ्चायतमा आलु ल्याइएको थियो। त्यो आलु डुङ्गामा चढेर सिधै असममा तस्करी भइरहेको स्रोतको भनाइ छ। अहिले पश्चिम बंगालमा तरकारीको मूल्य आकाशिएको छ। शीतभण्डारमा पर्याप्त मात्रामा आलु भए पनि आलुको मूल्य सर्वसाधारणको पहुँचभन्दा बाहिर छ। मुख्यमन्त्रीले अन्य राज्यमा आलु निकासी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएका छन्।











