आर्थिक रूपमा कमजोरवर्गका ६० जना विद्यार्थीहरूलाई छात्रावृत्ति

IMG-20220906-WA0222.jpg

गान्तोक: पाकिम जिल्लाको सामुदायिक भवनमा आज शिक्षाको माध्यमद्वारा सुन्दर मस्तिष्कको निर्माणबारे एक कार्यक्रम आयोजना गरियो। अनुग्यालया दार्जीलिङ डियोसिस सोशियल सर्विस सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रममा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल रहेका थिए। यस संस्थाको प्रमुख उद्देश्य भनेको बाल संरक्षण, बाल बेचबिखन, एकल आमाबाबु वा हजुरबा हजुरआमासँग बस्ने कमजोर बालबालिकाको शैक्षिक आवश्यकताहरू र दिगो जीविकाका साथ आमाबाबु र युवाहरूलाई सशक्त बनाउनु रहेको छ। कार्यक्रम अन्तर्गत पाकिम जिल्ला अन्तर्गत पर्ने चारवटा ग्राम पञ्चायत यूनिट जस्तै नाम्चेबुङ, आसमलिङजे, आहो र सुमिन लिङजे रहेको छ जहाँ ६० जना आर्थिकरूपमा कमजोरवर्गका नानीहरू बस्दै आइरहेका छन्। यस अवसरमा ती ६० जना नानीहरूलाई छात्रावृत्ति पनि प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापालले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिँदै यस प्रकारको कार्यक्रमले कमजोरवर्गका नानीहरूलाई समान शिक्ष प्रदान गर्नमा सहयोग पुग्ने बताए। यसरी आर्थिकरूपमा कमजोरवर्गकाई नानीहरूलाई सहयोग पुऱ्याएकोमा संस्थालाई धन्यवाद पनि दिए। यसै अवसरमा संस्थाका सदस्य किशोर भामरेले देशको सबैभन्दा ठूलो गैर-सरकारी संस्थाहरू मध्ये यो एक रहेको बताउँदै सिक्किमको अनुयोगालयको पायलट परियोजनाको हिस्सा हुन पाउँदा खुशी व्यक्त गरे। यस संस्थाले बाल संरक्षण र शिक्षामा ध्यान केन्द्रित गरिरहेको छ।

About Author

Advertisement