आर्ट अफ लिभिङ वाईएलटीपीद्वारा योग दिवस पालन

IMG-20220621-WA0229.jpg

कालचिनी। आर्ट अफ लिभिङ वाईएलटीपीद्वारा आज कालचिनी खण्डको राजाभातखावा स्थित श्री श्री गौशालामा अन्तर्राष्ट्रिय योग दिवस पालन गरिएको जानकारी आर्ट अफ लिभिङको संयोजक रामकुमार लामाले दिएका छन्। आज उक्त अवसरमा अतिथिको रुपमा अलिपुरद्वार जिल्ला अतिरिक्त सत्रहका न्यायधीश अनिर्वान रोय लगायत अलिपुरद्वारका समाजसेवी पार्थ प्रतिम दत्ता, राजा छेत्री, विजय तिम्सिना, अभिनारायण शर्मा आदिको उपस्थिति रहेको थियो।
सो अवसरमा योगको महत्व उजगार गर्दै वाईएलटीपी सदस्यहरूले योग अभ्यासको प्रदर्शन गरेको थियो। आज यसै अवसरमा आर्ट अफ लिभिङ वाईएलटीपीद्वारा बुखिमबारी, चिञ्चुला, राधारानी, भाटपाड़ा ए र बी, गङ्गुटिया डिमा आदि चियाबारीहरूमा पनि योग दिवस पालन गरेको आर्ट अफ लिभिङको संयोजक रामकुमार लामाले जनाएका छन्।

About Author

Advertisement