आर्ट अफ लिभिङको ६ दिवसीय योग प्रशिक्षणको समापन

कालचिनी: आर्ट अफ लिभिङद्वारा हेमिल्टनगञ्ज स्थित बून इङ्गलिश स्कूलमा गत २२ अगस्तदेखि शुरु भएको ६ दिवसीय योग प्रशिक्षण शिविरको शनिबार समापन गरिएको जानकारी आर्ट अफ लिभिङ जिल्ला संयोजक रामकुमार लामाले दिएका छन्। बून इङ्गलिश स्कूलका कक्षा ३ देखि कक्षा १२ सम्मका प्रायः ६ सय विद्यार्थीहरुलाई योग प्रशिक्षणमा सुदर्शन क्रिया, प्राणायम र अन्य योगासन सम्बन्धमा योग शिक्षक अमित धनुका, रामकुमार लामा, सम्पा बसु र कविता अग्रवालले प्रशिक्षण दिएको थियोl समापनको अवसरमा आर्ट अफ लिभिङको एपेक्स मेम्बर तथा बून इङ्गलिश स्कूलको चेयरम्यान पवन कुमार सिंह झाँ, स्कूलका प्रिन्सिपल र ममता घिसिङको विशेष उपस्थिति रहेको थियो।

प्रशिक्षण शिविरको आवस्यकता बारे आर्ट अफ लिभिङको एपेक्स मेम्बर तथा बून इङ्गलिश स्कूलको चेयरम्यान पवन कुमार सिंह झाँले विद्यार्थीहरुलाई पढ़ाईमा ध्यान एकाग्रचित्त बढ़ाउन योगाको धेरै महत्व रहेकोले 6 दिवसीय योग प्रशिक्षण शिविर आयोजित गरिएको थप जनाएका छन्।

About Author

Advertisement